धादिङको भकारेमा बस दुर्घटना, तीनको मृत्यु

 आवाज संवाददाता     १४ जेष्ठ २०७४, आईतवार

१४ जेठ, काठमाडौं । धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् ।

धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस बाटैमा विगि्रएपछि यात्रुहरुलाई लिन स्कुल बस आएको थियो । तर, यात्रुहरु चढ्ने क्रममा त्यही बस दुर्घटनाभयो ।

बस सडकबाट करिव २०० मिटर तल पाखोबासीमा खसेको छ । घाइतेहरुको उद्दार गरिएको छ ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।