प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रभावित, संसद बैठक मंगलबारसम्म स्थगित

 आवाज संवाददाता     २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं, जेठ २१

भरतपुर महानगरपालिका– १९ मा पुन: मतदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी एमालेले संसद अबरोध गर्ने भएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका नै प्रभावित भएको छ । एमालेले संसद अबरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्म स्थगित गरिएको छ। यसअघि आजै ३ बजेसम्मका लागि बैठक स्थगित गरेर शीर्ष नेतासँग सहमतिको छलफल भएको थियो। सहमति बेकार भएपछि बैठक मंगलबारसम्म स्थगित भएको हो। संसदको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थियो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।

सन्जिब बगालेले सेताेपाटीमा लेखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF