संसद खुलाउने तीन दलको सहमति, भाेलि प्रधामन्त्री चयन हुने

 आवाज संवाददाता     २२ जेष्ठ २०७४, सोमबार

काठमाडौं, जेठ २२

प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच भएको बैठकमा संसद सूचारु गर्ने सहमति भएको छ। सोमबार सिंहदरबारस्थित् सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको बैठकमा भोलि ११ बजेको लागि तय भएको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध नगर्ने, दुई वटा बैठक बस्ने निर्णय भएको कानुन मन्त्री अजयशंकर नायकले बताए।

बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले भने,‘प्रमुख प्रतिपक्षी दलले भोलि सदन अवरोध नगर्ने भनेपछि सहमति भयो, उहाँहरुले पनि बैठकमा भाग लिनुहुन्छ।’

भोलि मंगलबार ११ बजे बस्ने संसद बैठकमा पहिलो चरणमा तीन दलका अध्यक्षहरुले सम्बोधन गर्ने पनि आजको बैठकमा सहमति भएको छ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउने कार्यक्रम तय भएको छ।

त्यस्तै सदनको दोस्रो चरणको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ। यद्धपी आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित् थिएनन्।

संन्जिब बगालेले सेताेपाटीमा लेखेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।