फाष्ट ट्रयाक निर्माणका लागि भारतीय कम्पनीबाटै सेनाले डिपिआर किन्दै, सेनाले कसरी गर्दैछ काम?

 आवाज संवाददाता     २६ जेष्ठ २०७४, शुक्रबार
काठमाडौ। नेपाली सेनाले फाष्ट ट्रयाक ठेक्का रद्द भएकै भारतीय कम्पनी आइएल एण्ड एफएसबाटै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) किन्ने प्रकिया अघि बढाएको छ।

सरकारले फाष्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनालार्इ दिएपछि डिपिआर किन्ने प्रकिया अघि बढेको हो।’हामीले भारतीय कम्पनी आइएल एण्ड एफएसबाट डिपिआर किन्ने प्रकिया अघि बढाएका छौ’सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बिजमाण्डूसँग भने,कम्पनीले अहिलेसम्म कुनै जवाफ पठाएको छैन।’ फाष्ट ट्रयाकको डिपिआर निर्माणतिर लाग्दा धेरै समय लाग्ने भएकोले भारतीय कम्पनीबाटै किन्न लागिएको हो।
काठमाडौं- निजगढ फाष्ट ट्रयाक निर्माणको ठेक्का दिनेगरी  भारतीय कम्पनीलार्इ डिपिआर बनाउन जिम्मा दिइएको थियो।तर भारतीय कम्पनीलार्इ आम्दानीको ग्यारेन्टी गर्दै मुलुकको ढुकुटीनै रित्याउनेगरी सम्झौंता गर्न खोजिएको भन्दै सर्वोच्च अदालतले मुद्दा पर्यो।सर्वोच्चले भारतीय कम्पनीलार्इ फाष्ट ट्रयाक ठेक्का नदिन आदेश दिएपछि सरकारले ठेक्का रद्द गर्यो।पुष्पकमल दाहाल(प्रचण्ड) सरकारको पालामा नेपाली सेनालार्इ फाष्ट ट्रयाक निर्माणको जिम्मा दिइएको छ।प्रचण्डले दुर्इ साताअघि फाष्ट ट्रयाकको शिलन्यास समेत गरिसकेका छन्।
कसरी काम गर्छ सेनाले?
सेनाले १ खर्ब १२ अर्ब रुपैयाँमा चार वर्षभित्र फाष्ट ट्रयाक बनाउने जिम्मा पाएको छ।नेपालकै सबैभन्दा अत्याधुनिक प्रविधि प्रयोग गरेर निर्माण हुने सडक सेनाले कसरी बनाउँछ?

‘हामीले १० वटा सेक्सन बनाएर एकै पटक निर्माणको तयारी गर्दैछौ’प्रवक्ता कडायतले भने,ती ठाउँको निर्माणका लागि टेण्डर गर्नेछौं।उनका अनुसार सेनाले विदेशबाट विशेषज्ञ समेत ल्याएर काम गर्नेछ।

सेनाले काम गर्न सक्छ?
सेनाले अहिलेसम्म मुलुकभित्र १२ सय किलोमिटर सडक निर्माण गरिसकेको छ।२०१३ सालदेखि सेनाले औपचारिक रुपमा विभागनै स्थापना गरेर विकास निर्माणको काम गरेको हो।
‘हामीले चार वर्षभित्रै फाष्ट ट्रयाक निर्माण गरेर सक्छौ।हामीले समयमा सडक नबनाए जनताले हामीप्रति हेर्ने दृष्ट्रिकोण समेत राम्रो रहँदैन’,कडायतले भने,त्यसैले हामीले ठेक्का पाउनेवित्तिकै काम अघि बढाएका हौं।’
तर सेनाले १२ सय किलोमिटर सडक बनाएपनि विशिष्टिकृत सडक बनाएको ट्रयाक रेकर्ड भने छैन।सेनाले ब्लाष्टिङ गरेर दुर्गम क्षेत्रका धेरै सडक निर्माण गरेको छ।७६ किलोमिटर लामो द्रुत मार्गमा ९९ वटा पुलहरु हुनेछन्। १.५ किलोमिटर सुरुङ मार्ग र  ६ वटा आकाशे पुल समेत हुने भएकोले नयाँ प्रविधिको प्रयोग हुनेछ।
 copy: bizmandu.com

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF