कर्णाली नदीमा बस खस्दा ८ को मृत्यु , २ दर्जन घाइते

 आवाज संवाददाता     ३१ जेष्ठ २०७४, बुधबार

काठमाडौं,३१ जेठ । दैलेखको आठबिस नगरपालिका – ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा ८ जनाको ज्यान गएको समाचार छ। दैलेख प्रहरीका अनुसार घटनामा कम्तिमा २ दर्जन यात्रु घाइते भएका छन् ।

कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ ।

सरलपत्रिका अनलाइबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।