एसइइ परीक्षामा दोलखामा २३ जना सर्वोत्कृष्ट (दोलखाका सबैको नतिजासहित)

 आवाज संवाददाता     २ असार २०७४, शुक्रबार

दोलखा, असार २
परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको एसइइ परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार दोलखा जिल्लाबाट २३ जनाले ए प्लस अर्थात जीपीए ३.६ देखि ४ ल्याई उत्तीर्ण भएका छन् ।
त्यसैगरी ग्रेड ए अर्थात जीपीए ३.२ देखि ३.६ ल्याउने १ सय २७ जना, ग्रेड बी प्लस अर्थात जीपीए २.८ देखि ३.२ ल्याउने ३ सय २४ जना, ग्रेड बी अर्थात जीपीए २.४ देखि २.८ ल्याउने ६ सय ३६ जना, ग्रेड सी प्लस अर्थात जीपीए २ देखि २.४ ल्याउने १ हजार १ सय ६९, ग्रेड सी अर्थात जीपीए १.६ देखि २ ल्याउने १ हजार ११ जना, ग्रेड डी प्लस अर्थात जीपीए १.२ देखि १.६ ल्याउने १ हजार २ सय ८९ जना र ग्रेड डी अर्थात जीपीए ०.८ देखि १.२ सम्म ल्याउने २२ जना रहेका छन् । ९२ जनाको भने नतिजा स्थगित भएको छ ।

आफ्नो नतिजा हेनै यहाँ क्लिक गर्नुहोस् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।