जेटिएसमा ३५ औं समूहको भर्ना खुल्यो

 आवाज संवाददाता     १४ असार २०७४, बुधबार

दोलखा, १४ असार
जिरी प्राविधिक शिक्षालयले ३५ औं समूहको लागि प्राविधिक विषयमा भर्ना आवेदन माग गरेको छ । शिक्षालयले एक सूचना प्रकाशित गरी एसइइ परीक्षामा कम्तीमा ‘इ’ ग्रेड प्राप्त गरेका विद्यार्थीले आवेदन दिनसक्ने उल्लेख गरेको छ ।
कृषि(जेटिए) स्वास्थ्य (अनमी) र निर्माण(सवओभरसियर) का लागि हरेक समूहमा ४० जनाको दरले १२० जनाको माग गरेको छ ।
आवेदन माग भएका मध्ये १२० वटा कोटा मध्ये ५२ जना खुल्ला पदमा र अन्यले विभिन्न आरक्षण कोटामा पढ्न पाउँने छन् । शिक्षालय अध्ययन गर्न चाहने विद्यार्थीहरुले २०७४ असार २७ गतेसम्म आवेदन फाराम बुझाइ सक्नु पर्ने शिक्षालयले जानकारी दिएको छ । त्यस्तै गरी साउन ९ गते प्रवेश पत्र बुझ्ने र साउन १० गते प्रवेश परीक्षा सञ्चालन हुनेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।