सिंगटी खोलामा आएको बाढीले निर्माणाधिन आयोजनामा क्षति

 आवाज संवाददाता     १४ असार २०७४, बुधबार

दोलखा, १४ असार
निर्माणाधिन सिंगटी खोला जलविद्युत आयोजनामा राती बाढी पस्दा निर्माणाधिन संरचनामा क्षति भएको छ । रातको समयमा एक्कासी खोलो फर्केर बाढी परेर आयोजनाको हेडवक्स क्षेत्रमा सबैभनदा बढी क्षति भएको छ ।
आयोजनाको निर्माणाधिन बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरीका संरचनामा सबैभन्दा बढी क्षति भएको छ । खोलार्या फर्काएर हेडवक्सको काम गरिरहेको सिंगटी खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए । “राती ठूलो पानी परिरहेको थियो,” उनले भने “अविरत परेको पानीले खोलामा बाढी आएर एक्कासी खोला फर्केर आयोजनाको संरचनामा क्षति भयो ।
आयोजनाको हेडवक्स र हेडरेस सुरुङमा समेत क्षति भएको छ । आयोजनाले संरचना निर्माणका लागि मजदुर शिविर र निर्माण व्यवसायीको गोदाममा समेत क्षति भएको छ । आयोजनाको हेडवक्सको काम रामेछाप शेर्पा कन्ट्रक्सनले गरिरहेको छ । बाढी गोदाममा राखेको सिमेन्ट, केमिकल राखिएका ड्रमहरु, डण्डी क्षति भएको छ । त्यस्तै गिटी बालुवा समेत बगाएको उनले जानकारी दिए ।
खोलाबाट पानी तान्न राखेका मेसिन र अन्य मेसिनहरुमा समेत क्षति भएको छ । बुधबार दिनभर मेसिन उपकरणहरु झिक्ने काम भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । बाढीले क्षति पु¥याएको विस्तृत विवरण संकलन गर्न समय लाग्ने भए तापनि प्रारम्भिक रुपमा करिब १ करोड बराबरको क्षति भएको उनले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरे र विगू ५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन छ । सिंगटी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ ।
आयोजनाको प्रभावित क्षेत्र बाबरे सहित लामिडाँडा, लादुक र चिलंखागाविस पर्दछन् । बाबरे र चिलंखागाविस बीचमा सोरुङ खोलामा इन्टेक र डिस्याण्डर बनाएर आयोजनाको ६ किलोमिटर सुरुङ निर्माण गरी लामिडाँडा ७ को जुरेपानीमा सर्जट्याङ्क निर्माण हुनेछ । त्यसपछि ६ सय ५० मिटर पेनस्टक मार्फत लामिडाँकै शिसिरधारीमा पावरहाउस मापानीखसाल्ने योजना रहेको निर्देशकलामाले जानकारी दिए । आयोजनाको ग्रस हेड २ सय ६८ मिटर रहेको छ ।
आयोजनाले हेडवक्स, रेडरेस सुरुङ र त्यहाँ पुग्न अडिट सुरुङ निर्माण गरिरहेको छ । सिंगटी खोलाप्राधिकरणसँग बढाबढ मूल्यमाप्रतिस्पर्धाबाट निजी क्षेत्रले लिएका ६ वटा “सुपर ६” आयोजनाअन्र्तगत पर्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF