दोलखा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने

 आवाज संवाददाता     १५ असार २०७४, बिहीबार

दोलखा, असार १५
दोलखा जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
दोलखा जिल्ला सभाको ज्येष्ठ सदस्य एवं मेलुङ गाउँपालिकाका उपप्रमुख कल्पना भण्डारीको अध्यक्षमा बसेको बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, ३ जना महिला सदस्य, दलित वा अल्पसंख्यक १ सदस्य सहित ९ सदस्यीय समिति बनाउन सिफारिस गरिएको स्थानीय विकास अधिकारी शंकर नेपालले जानकारी दिए ।
बैठकमा जिल्ला सभाका सबै १८ जना सदस्यको उपस्थिति थियो । दोलखामा ७ गाउँपालिका र २ नगरपालिका छन् । मतपरिणाम प्राप्त भएको ३० दिनभित्र जिल्ला समन्वय समितिको निवौचन गरिसक्नपर्ने संवैधानिक प्रावधान छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।