दोलखा प्रहरीद्वारा घरेलु मदिर नष्ट

 आवाज संवाददाता     १९ असार २०७४, सोमबार

दोलखा, असार १९

जिल्ला प्रहरी कार्यालय दोखलाले जिल्लाका विभिन्न ठाउँमा अबैध रुपमा बिक्री वितरणका लागि राखिएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला सदरमुकाम चरिकोट, जिरी, सिँगटी लगायतका बजार क्षेत्रहरुबाट प्रहरीले ११ सय ४२ लिटर घरेलु मदिरा र ५ सय ६० केजी मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवीहरुको रोहबरमा नष्ट गरिएको बताइएको छ ।
जिल्लाको शान्ति सुरक्षालाई अझ सुदृढ बनाउन अबैध घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।