सिंगटी खोलामा आएको बाढीले पुनः जलविद्युतमा क्षति

 आवाज संवाददाता     २५ असार २०७४, आईतवार

दोलखा, २५ असार
सिंगटी खोलामा आएको बाढीले पुनः निर्माणाधिन सिंगटी खोला जलविद्युत आयोजनामा क्षति पु¥याएको छ । शनिबार राती बाढी पस्दा निर्माणाधिन संरचनामा क्षति भएको छ । रातको समयमा एक्कासी खोलो फर्केर बाढी परेर आयोजनाको हेडवक्स क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ ।
आयोजनाको निर्माणाधिन बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरीका संरचनामा सबैभन्दा बढी क्षति भएको छ । गए राती आएको बाढीले डिजेल ट्याङ्की, सहित थप रडहरु बगाएको सिंगटी खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए । “राती ठूलो पानी परिरहेको थियो,” उनले भने “अविरत परेको पानीले खोलामा आयोजनाको संरचनामा थप क्षति पु¥याएको हो ।’
सिंगटी खोलामा १० अघि पनि बाढीले क्षति पु¥याएको छ । यस अघिको बाढीले पनि आयोजनाको हेडवक्स र हेडरेस सुरुङमा समेत क्षति भएको छ । आयोजनाले संरचना निर्माणका लागि मजदुर शिविर र निर्माण व्यवसायीको गोदाममा समेत क्षति भएको छ । आयोजनाको हेडवक्सको काम रामेछाप शेर्पा कन्ट्रक्सनले गरिरहेको छ । बाढी गोदाममा राखेको सिमेन्ट, केमिकल राखिएका ड्रमहरु, डण्डी क्षति भएको छ । त्यस्तै गिटी बालुवा समेत बगाएको उनले जानकारी दिए ।
खोलाबाट पानी तान्न राखेका मेसिन र अन्य मेसिनहरुमा समेत क्षति भएको छ । बुधबार दिनभर मेसिन उपकरणहरु झिक्ने काम भएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए । बाढीले क्षति पु¥याएको विस्तृत विवरण संकलन गर्न समय लाग्ने भए तापनि प्रारम्भिक रुपमा करिब १ करोड बराबरको क्षति भएको उनले जानकारी दिए ।
कालिञ्चोक गाउँपालिका वडा नं. २ बाबरे र विगू ५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधिन छ । सिंगटी खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ ।
तस्बिरः बाढीले क्षति भएको संरचनाको तस्बिर संलग्न छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF