हिमालयन ऊर्जाको २४ करोड ७५ लाखको साधारण शेयर आउँदै

 आवाज संवाददाता     २६ असार २०७४, सोमबार

दोलखा, २५असार
हिमालय उर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर आउँने भएको छ । । कम्पनले साधारण सेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हिमालय उर्जाले निर्माण उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । एक साथ निर्माणाधिन दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ ी। तिनै अयोजना निर्माणका लागि कम्पनीले सर्वसाधरणबाट रकम उठाउन शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।
सेयर संकलनका लागि हिमालय उर्जा विकास कम्पनी लि. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडबीच सेयर निष्कासन सम्बन्धि सम्झौता भएको छ । सम्झौतापछि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट नबिल इन्भेष्टमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली सहितको टोलीले आयोजना र प्रभावित क्षेत्रको स्थलगत भ्रमण समेत गरेका छन् ।
ईक्रा रेटिड. समेत गरी धितोपत्र बोर्डमा सेयर निश्काशनका लागि आबेदन गरी अनुमति पाएर सर्बसाधारणमा सेयर निश्काशन हुन लामो समय लाग्न सक्छ । स्थलगत भ्रमणपछि नबिल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सबै प्रक्रिया पूरा गरेर आयोजना प्रभावित स्थानीयका लागि आउँदो असोज कात्तिकमा सेयर निस्कासन गर्ने जानकारी दिए ।
दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोला फर्काएर रामेछापको चुचुरेमा आयोजना निर्माणाधिन छन् । आयोजनाको निर्माण र प्रसारण लाइनबाट दोलखाको साविकको श्यामा, माली, जिरी हावा, च्यामा र सहरे गाविस प्रभावित हुने छ । त्यसैगरी रामेछापको चुचुरे, ठोसे, रस्नालू, बेताली गाविस प्रभावित हुनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । धितोपत्र निष्काशन नियमावली अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर बिक्रीपछि आम सर्वसाधारणका लागि सेयर बिक्री गर्ने योजना रहेको उनले जानकारी दिए ।
उनले स्थानीय सेयर संकलनका लागि जिरी र किर्नेमा रहेको बैंकको शाखामार्फत काम गर्ने बताए । एउटा संकलन केन्द्र कम्पनीको साइट कार्यालयलाई प्रयोग गर्ने योजना भए तापनि बेताली, रस्नालु र ठोसेका लगानीकर्ताका लागि उचित विकल्पको छलफल गरिरहेको उनले बताए ।
कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
हिमालय उर्जा विकास कम्पनीले निर्माण गरिरहको दुवै अयोजनाले २०७५ अषाढसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको हिमालय ऊर्जा विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत गर्जाङमा निर्माणाधिन सव स्टेशनमा जोडिने छ ।
खिम्ती–गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधिन छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइन पनि हिमालय ऊर्जाकै टोलीले काम गरिहेको छ ।
हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF