जाइलो, क्रेटा र यानीमाया बजारमा

 आवाज संवाददाता     २७ असार २०७४, मंगलवार

दोलखा, २७ असार

मनास्लु डिस्टिलरी प्रालीका उत्पादन जाइलो, क्रेटा र यानीमाया बजारमा आएका छन् । मनास्लुका यि उत्पादन मध्ये जाइलो र क्रेटा ५० युपीको रक्सि हो भने यानीमाया ७० युपीको हो ।
वैत्यश्वर ६ नाम्दूमा रहेको उद्योगको यि पहिलो उत्पादन हुन् । मनास्लु डिस्टिलरीका सञ्चालक राजेश उप्रेतीले स्थानीय बजार लक्षित गरी तत्कालका लागि ३ वटा नाममा उत्पादनमा मात्र ध्यान दिएको बताए । “अहिले दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका बजारलाई मात्र ध्यान दिएको छौं” उनले भने “यिनीहरुको हामी दैनिक ६ सय कार्टुन उत्पादन हुन्छ ।”
उद्योगले निकट भविष्यमा २५ युपिको रक्सि समेत उत्पादन गर्ने तयारी रहे तापनि अहिले ग्रामीण क्षेत्रको बजार सर्भे गरेर ५० युपी र ७० युपीको रक्सि मात्र उत्पादन सुरु गरेको उनले जानकारी दिए । आफ्नो उत्पादनको छोटो समयमा ग्राहकहरुको राम्रो माग भएको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF