कृषि र पर्यटनलाई जोड दिँदै कालिन्चोक गाउँसभा सम्पन्न

 आवाज संवाददाता     २९ असार २०७४, बिहीबार

दोलखा, असार २९/कालिञ्चोक गाउँपालिकाको प्रथम गाउँसभा कृषि विकासमा जोड दिँदै वुधवार सम्पन्न भएको छ । यसैवीच कृषि र पर्यटन क्षेत्रको विकासबाट सम्वृद्ध कालिञ्चोक वनाउने नीति तथा कार्यक्रम सहितको करिव ४० करोड ५२ लाख ५४ हजार १ सय ३३ रुपैयाको वजेट कालिञ्चोक गाउँपालिकाकी उपप्रमुख कालिका पाठकले प्रस्तुत गरिन् । प्रस्तुत वजेटमा सशर्त अनुदान ११ करोड ३१ लाख ३५ हजार, सामाजिकीकरण तर्फ १७ करोड ३ लाख ३४ हजार, स्रोत सुनिश्चितता ४८ लाख वरावरकोे वजेट पेश गरेको छ ।

गाउँपालिकाले विभिन्न संघसस्थावाट ६९ लाख ५४ हजार १ सय ३३ रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । राजस्व करतर्फ ३ करोड अनुमान गरिएको छ । गाउँपालिकाले कृषिमैत्री नीति निर्माणमा जोड दिएको छ भने खेतीयोग्य जग्गालाई वाँझो राख्ने प्रवृत्ती निरुत्साहित गर्ने कार्यक्रम अघि सारेको छ । कृषि उत्पादनमा आत्मनिर्भताका लागि उत्पादन पकेट क्षेत्रको नीति अगाडि सारेको छ । यस्तै टुटुवान खर्क विषेश पशुपालन कार्यक्रम, एक घर एक दुधालु गाईभँैसी पालन गर्ने घरधुरीलाई पशुविमा वापत लाग्ने शुल्कमा सतप्रतिशत छुटको कार्यक्रम समावेश गरेको छ कृषिमा वढ्दो महिला सहभागिता र महिला किसान सशक्तीकरण महिलामुखी कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।

कालिञ्चोक गाउँपालिकाले कृषि विकाससँगै पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ । पर्यापर्यटन तथा कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने, प्रत्येक वडामा पर्यटन गन्तव्य तोकी थामी जातिको रीतिरिवाज परम्परा आदि झल्कने गरी राष्ट्रिय स्तरको थामी सांस्कृतिक सङ्ग्रहालय निर्माणको योजना अगाडि सारेको छ । यसैबिच गत ०७२ बैशाख २९ को भुकम्पको केन्द्रविन्दु रहेको सुनखानीमामा भुकम्प स्मारक केन्द्र निर्माणको लागि वजेट विनियोजन गरेको छ । पर्यटकलाई आकर्षण गर्न कालिञ्चोकमा चौँरी महोत्सव एवं स्की खेल जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ भने कालिञ्चोक पुग्ने सडकमार्ग निर्माण तथा स्तरोन्नति जस्ता कार्यक्रम समावेश गरेको छ । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङजस्ता क्रियाकलापहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ । पर्यटकलाई आर्कषण गर्न कालिञ्चोक भ्रमण वर्ष २०१९ मनाइने नीति समेत पारित गरेको छ ।
खेल क्षेत्रको विकासका लागि ¥याफ्टिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, वन्जी जम्पिङ जस्ता साहसिक खेलको विकास साथै एक वडा एक कबड हलको निमार्ण गरिनेछ लक्ष्य समेत सार्वजनिक गर्दै एक गाउँपालिका स्तरको रंगशाला निमार्णको नीति लिएको छ ।

कालिञ्चोक गाउँपालिकाले कृषि र पर्यटनसँगै भौतिक पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकासलाई प्राथमिकतमा दिएको छ । गरिव तथा जेहेन्दार विद्यार्थीका लागि प्राविधिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्नका लागि वार्षिक ३ जनालाई १ लाखका दरले छात्रवृत्ति वितरणको नीति तथा कार्यक्रम पास गरेको छ ।

गाउँसभाले ५० वर्ष नाघेका अविवाहित एकल महिलालाई मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता वितरण, सामाजिक सुरक्षा भत्ता पाएका ज्येष्ठ नागरिकलाई मासिक रुपमा घरघरमा गएर स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, वडावडामा ज्येष्ठ नागरिकका लागि अनुभव हस्तान्तरण कार्यक्रम र विश्राम चौतारी निर्माणका लागि समेत वजेट विनियोजन गरिएको छ । गाउँपालिकामा एक वृद्धाश्रम बनाउने लक्ष्य सार्वजनिक गरेको छ । ५ वर्षमा महिला हिंसामुक्त गाविस घोषणाका लागि कानुनी साक्षरता र जनचेतनामुलक कार्यक्रम गर्दै लैजाने नीति तथा कार्यक्रम पािरत गरेको छ । गाउँपालिका अध्यक्ष वीन कुमार थामीले सभालाई सम्वोधन गर्दै निर्वाचनको समयको तिक्ततालाई विर्सेर सबै दललाई प्रतिपक्षको रुपमा नभएर सहयोगीको रुपमा साथ दिन आग्रह गरे । उनले समृद्ध कालिञ्चोकको सपना ५ वर्षमा पूरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

गाउँसभालाई सम्वोधन गर्दै सांसद आनन्दप्रसाद पोखरेलले पर्यटन र कृषि क्षेत्रको विकासवाट नै समृद्ध कालिञ्चोक निर्माण हुनेमा जोड दिए । खाद्यान्नमा आत्मनिर्भर वनाउद समृद्धिको आधार पर्यटन विकासलाई जोड्न आग्रह गर्दै परिवर्तनका लागि निवाचित प्रतिनिधिले प्रतिवद्धताका साथ क्षमता देखाएर काम गर्न आग्रह गरे । सभामा लगानी वोर्डका सदस्य बालकृष्ण शिवकोटीले सभ्भावनाको आधारमा काम गरेर गाउँपालिका नमुना वनाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले दोलखाका उपसचिव डवल पाण्डे, नेपाली काग्रेस महाधिवेशस प्रतिनिधि गोपिलाल थामी, नेकपा माओवादी केन्द्रका गोपाल पाण्डे, गौरीशङ्कर गाउँपालिकाकी उपप्रमुख उर्मिला थामी, दोलखाका प्रमुख जिला अधिकारी यज्ञराज वाहोरा, कोष तथा लेखा नियन्त्रण कार्यालय दोखलाका प्रमुख रमेश शिवाकोटी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विनिता शिवाकाेटीकाे सहयाेगमा 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।