को को भए डीएसपी ? (नामावली सहित)

 आवाज संवाददाता     ३ श्रावण २०७४, मंगलवार

दोलखा, ३ साउन
प्रहरी प्रधान कार्यालयले ९४ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस गरेको छ । सोमबार बढुवा समितिको बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगञ्जमा कार्यरत नवराज मल्ललाई पहिलो नं.मा राखेर बढुवाका लागि सिफारिस गरेको हो । मल्लले ९३.४२ अंक प्राप्त गरेका छन् । त्यस्तै दोस्रोदेखि क्रमशः डिल्लीबहादुर मल्ल, नरेन्द्र कुँवर, निर्मल बुढाथोकी, पुष्पराज मल्ल रहेका छन् । उनीहरुले क्रमशः ९३.३४, ९१.५६, ९०.६७, ९०.४५ अंक प्राप्त गरेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रेमसागर केसी नवाैँ स्थानमा बढुवा भएका छन् । उनले ८९.९ अंक प्राप्त गरेका छन् ।

विस्तृत विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF