आफ्नै मामाको हत्या अभियोगमा पक्राउ

 आवाज संवाददाता     १० श्रावण २०७४, मंगलवार

दोलखा, साउन १०
आफ्नै मामाको हत्या गरेको अभियोगमा भीमेश्वर नगरपालिका ३ चरिकोटका विक्रम विकलाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ६ वर्ष अघि कालिञ्चोक जाने बाटोको फलामे गौडो भञ्ज्याङ नजिकै भीमेश्वर नगरपालिका ३ का विनोद धनुकेको शव फेला परेको थियो । मामा भाञ्जा विनोद र विक्रम कालिन्चोक दर्शन गर्न गएकोमा २०६८ मंसिर ११ गते विनोदको शव फेला परेको थियो । अनुसन्धानपछि सँगै कालिन्चोक गएका मृतकका भाञ्जा विक्रमलाई उनकै मामाको हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पक्राउ परेका विक्रमलाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकरी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF