दोलखामा गाँजा खेती फडानी

 आवाज संवाददाता     ११ श्रावण २०७४, बुधबार

दोलखा, ११ साउन

दोलखामा पहिलो पटक गाँजा खेती फँडानी गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलीले भीमेश्वर नगरपालिका ३ लेखटोलमा विभिन्न व्यक्तिहरुले बारी र करेसाबारीमा लगाएको गाँजा खेती फँडानी गरेको हो ।
प्रहरी गाँजा खेती फँडानीपछि आगो लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । फँडानी गरेको गाँजा पुनः प्रयोग नहोस् भनेर स्थानीय जनप्रतिनिधि र बुद्धिजिवीको रोहबरमा नष्ट गरिएको डिएसपी कार्कीले बताए । उनले बुधबार मात्र लेखटोलमा ५ सय बोट गाँजा फँडानी गरेको बताए ।
दोलखाको विभिन्न ठाउँमा गाँजा खेती सानो सानो क्षेत्रमा रहेको सूचना रहेकाले यो अभियान जिल्लाभर सञ्चालन हुने बताए । दोलखामा गाँजा खेती नष्ट गरिएको पहिलो भएको स्थानीयहरु बताउँछन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF