भीमेश्वर नगरपालिकामा अब व्यानर पोष्टर निशेध

 आवाज संवाददाता     १४ श्रावण २०७४, शनिबार

दोलखा, १४ साउन
भीमेश्वर नगरलार्ई स्वच्छ र सफा बनाउने अभियान सुरु भएको छ । ‘हाम्रो रहर सफा सहर’ भन्ने नारा दिएर सुरु गरिएको अभियानमा फोहोरमुक्त नगर बनाउने अवधारणामा भीमेश्वर नगरापालिका भर व्यानर र पोष्टर निशेध गर्ने भएको छ ।
भीमेश्वर नगरपालिकाले तयार पारेको १५ बुँदे सरसफाइ अवधारणा पत्र तयार गरेर काम सुरु गरेको हो । नगरपालिकाका मेयर प्रमुख भरतबहादुर केसीले नगरलाई सफा र सुन्दर बनाउन फोहोरमुक्त बनाउने पहिलो चरणमा काम गरिने बताए । ‘फोहोरलाई कुहिने नकुहिने, सिसा जन्य फोहोरको छुटाछुटै व्यवस्थापन गरिनेछ’ उनले भने ‘ २० जना बराबर एक नेतृत्व बनाएर टोल सुधार समितिको निर्माण गर्ने, हरेक घर अगाडि कम्तीमा दुई ओटा गमलाको व्यवस्थापन गर्नै पर्नेछ ।’
मोटरसाईकल तथा सवारी साधानको वर्कसपको उचित स्थानमा व्यवस्थापन गर्ने, हार्डवेर पसलले सडक अवरुद्ध हुने गरी निर्माण सामाग्री राख्न नपाउने, घर बाहिर भ¥याङ राख्न नपाइने, फोहोरको गाडि आउनु भन्दा अघि सडकमा फोहोर निकाल्नै नपाउने गरी नगरबासीलाई सचेतना गराइन्छ । १५ वर्षसम्म कर्मचारीले मात्र स्थानीय तह चलाउँदा विकृति समेत भित्रिएकोले केही विषयमा राम्रको लागि निरङ्कुश भएरै पनि योजना कार्यान्वयन गराउने मेयर केसीले बताए ।
सडकमा अलपत्र पानी छाड्न नपाइने, नगरभित्र पोष्टर टास्न र व्यानर निषेश गरिने उनलेका अवधारणा छ । कवाडी समान संकल स्टोरको क्षेत्र निर्धारण गर्ने लगायतको योजना रहेको बताए । भीमेश्वर नगरपालिकाले स्थानीय व्यापारी व्यवसायीहरुसँग पनि छुट्टाछुट्टै छलफल गरेको छ । व्यवसायीहरुले नगरपालिकाको योजनालाई सघाउने प्रतिबद्धता जनाए ।
नगर प्रमुख केसीले उज्यालो शहर कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सबै नगरवासीलाई सुझाव दिन आग्रह समेत गर्नु भएको छ । नगर मुख्य बजार क्षेत्रमा नक्सा पास भएका घरमा जथाभावी पाली राख्ने र भ¥याङ राखेर नगरको स्वरुप नै विगार्नेहरुलाई त्यसलाई हटाउन दिनको सिमावधी दिएको छ । त्यसलाई बेवास्था गर्नेलाई नियमानुसार कारबाहीको दायरामा ल्याउने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF