लागू औषधसहित एक पक्राउ

 आवाज संवाददाता     १६ श्रावण २०७४, सोमबार

दोलखा, साउन १६

जिल्ला प्रहरी कार्यालय दोलखाले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।
बैतेश्वर गाउँपालिका १, साविक गैरीमुदी ५ का कुमार तामाङको छोरा आङछिरिङ तामाङलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । कालिन्चोक मावि नजिकैको मन्दिरबाटा पक्राउ परेको उनको साथबाट १७ एम्पुल डाइजिपाम, १७ एम्पुल फेनारगन र १७ एम्पुल नुर्फिन बरामद भएको बताइएको छ । दोलखाबाट इन्जेक्सनबाट प्रयोग गरिने लागू औषधसहित मानिस पक्राउ परेको पहिलो घटना हो । पक्राउ परेका तामाङ दुव्र्यसनी र लागू औषध कारोबारीसमेत रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पक्राउ परेका तामाङलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF