आफ्नै पत्नी जवर्जस्ती मार्न खोज्ने दुईजना पक्राउ

 आवाज संवाददाता     १७ श्रावण २०७४, मंगलवार

दोलखा, साउन १७
आफ्नै श्रीमतीलाई जवर्जस्ती मार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजनाले जवर्जस्ती विष खुवाई मार्न खोजेका थिए भने अर्काले जवर्जस्ती तेल खन्याई आगो लगाएका थिए ।
दोलखा प्रहरीले भीमेश्वर नगरपालिका २ राम्पाका ४१ वर्षीय हरिप्रसाद सुवेदीलाई आफ्नै श्रीमती रोजी सुवेदीलाई कुटपीट गरी जवर्जस्ती विष सेवन गराई मार्न लागेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी आफ्नै श्रीमतीको अनुहारमा ज्यानै मार्ने गरी तातो तेल खन्याई फरार रहेका वैतेश्वर गाउँपालिका ६ का कुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत जेठ २२ गते ३६ वर्षीय कुमारले ३५ वर्षीया श्रीमतीको अनुहारमा तातो तेल खन्याई फरार रहेकोमा यही साउन २३ गते उनलाई वैतेश्वर ६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जवर्जस्ती विष खुवाइएकी रोजीको काठमाडौँस्थित अस्पतालमा उपचार भैरहेको छ भने उनका पति हरिलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै श्रीमतीको अनुहारमा तेल खन्याउने कुमारलाई पनि थुनामा राखी आवश्यक अनुसन्धान कार्य भैरहेकाे प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।