दोलखा प्रहरीद्वारा तास खेल्ने ९ जना पक्राउ

 आवाज संवाददाता     २० श्रावण २०७४, शुक्रबार

दोलखा, साउन २०
जिल्ला प्रहरी कार्यालय दोलखाले सदरमुकाम चरिकोटबाट तास खेल्ने खेलाउने ९ जनालाई पक्राउ गरेको छ ।
चरिकोट बिचबजारस्थित चन्द्रबहादुर भुजेलको घरबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । तास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुबाट १ लाख २७ हजार ६५ नेपाली रुपैयाँ र १३ सय ६० भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ ।
पक्राउ पर्नेमा भीनपा ३ का गणेश कायस्थ, चन्द्रबहादुर भुजेल, विमलकुमार श्रेष्ठ, इश्वर बस्नेत, प्रकाश श्रेष्ठ, श्यमकृष्ण बुढाथोकी, तिलकबहादुर थापा, गौरीशंकर गाउँपालिका ८ का अर्जुन श्रेष्ठ र रामेछाप मन्थली नपा १३ का राजकुमार चौहान रहेको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चार बुक ताससहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF