एम्नेष्टी इन्टरनेशनल दोलखाको संयोजकमाः खतिवडा

 आवाज संवाददाता     २१ श्रावण २०७४, शनिबार

२१ साउन चरिकोट
एम्नेष्टी ईन्टरनेशनल समुह ३८ दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार दोलखा सदरमुकाम चरिकोटस्थित होटल फागुपुर्णिमा सम्पन्न एम्नेष्टीको आठौ साधरण सभाले खतिवडालाई संयोजकमा निर्विरोध निर्वाचित गरेको हो । समितिको सह–संयोजकमा कमल चौहान सचिब बाबुराम थापा र कोशाध्यक्षमा बिन्देश्वरी खतिवडा निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा राजकुमार खड्का र विष्णु बस्नेत रहेका छन् ।
साधरण सभा उद्घाटन कार्यक्रममा दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की सामुदायीक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, हुराडेक नेपाल दोलखाका अध्यक्ष होम प्रसाद पाठक, एम्नेस्टी दोलखाका पुर्व संयोजक रमेश खतिवडा, नेपाल मानब अधिकार संगठनका केन्द्रिय सदस्य दीपशंकर चौलागाइर्, इन्सेक नेपालका प्रतिनिधी एवं पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष उद्धब पोखरेल लगाएतका वक्ताहरुले जिल्लामा मानब अधिकारको अबस्था कमजोर भएको भन्दै सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF