के के गर्‍यो ? जिससको पहिलो बैठकले

 आवाज संवाददाता     २४ श्रावण २०७४, मंगलवार

दोलखा, २४ साउन
जिल्ला समन्वय समिति दोलखाका नवनिर्वाचित जनप्रतिनिधिह?को पहिलो बैठकले तामाकोसी तेस्रो र लामाबगर–फलाक सडक निर्माणमा जोड दिने निर्णय गरेको छ . जिससको मंगलबार भएको निर्वाचनपछि विजयी जनप्रतिनिधिह?ले पदभार लगत्तै दोलखाका ३ सांसदह?कै उपस्थितिमा बैठक बसेको थियो .
जिल्ला समन्वय समिति बैठकले ६५) मेगावाटको तामाकोसी तेस्रो स्वदेशी लगानीमा नै निर्माण गर्नका लागि सम्बन्धित निकायह?मा समन्वय गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी शंकर नेपालले बताए . तामाकोसी तेस्रो अर्धजलाशयय’क्त आयोजना हो .
तामाकोसी तेस्रो विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) तयार भई निर्माण गर्न योग्य आयोजना हो . आयोजनाको नर्वेजिन कम्पनी स्टाटक्राफ्टले अध्ययन गरी लगानीको लागि तयार गरेको आयोजना हो . विज’लीको बजारको स’निश्चितता नभएको भन्दै लगानी बोर्डसँग पीडीए वार्तामा क’रा नमिलेपछि डेढ वर्ष अघि हात झिकेको थियो . स्टाटक्राफ्टले हात झिकेपछि सरकारले आयोजनामा लगानीकर्ता खोजी गरिरहेको छ .
त्यसैगरी चीनसँगको थप नाका खोल्नका लागि उत्तर–दक्षिण (लामाबगर–फलाक) नाका छोटो ?पमा खोल्नका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ . उत्तर–दक्षिण्ण राजमार्गको भारतीय सिमाना महोत्तरीको भिट्टामोडदेखि दोलखाको लामागबरसम्म २४) किलामिटर सडक खण्डमा नियमित यातायात सञ्चालन भइरहेको छ . लामाबगरदेखि चीनको सिमाना ङयाङ्ल’ङसम्म करिब !२ किलोमिटर सडक निर्माण गरे सिमावर्ती गाउँ फलाकसँग जोडिने बताइएको छ . नेपाली सिमाना नजिकसम्म चिन सरकारले सडक निर्माण गरी सकेको छ .
दोलखाका ३ सांसदह?ले चिनीया उपप्रधानमन्त्रीको निकट भविष्यमा ह’ने नेपाल भ्रमणको अवसरमा उक्त नाका खोल्न पहल गर्न परराष्ट्रमन्त्री कृष्णबहाद’र महरालाई ज्ञापन पत्र समेत ब’झाइ सकेका छन् . भ’कम्प र पहिलो जस्ता प्राकृतिक प्रकोपबाट समेत तातोपानी र रस’वागढी नाकाभन्दा लामाबगर नाका स’रक्षित भएको सांसद पश’पति चौलागाईले दाबी गरे . जिससले दोलखाको योजनाबद्ध विकासका लागि जिल्लाको पाश्र्वचित्र तयार गर्ने निर्णय गरेको छ .
मंगलबार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा डबल पाण्डेको नेतृत्वमा नेकपा एमालेले प्यानलै जित हाँसिल गरेको छ . पाण्डेले !४ मत पाएका थिए भने उनको निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका क’मार तमाङले ४ मत पाएका थिए .
जिसस प्रम’ख सहित ( पदका लागि भए निर्वाचनमा !८ जनाले मतदान गरेका थिए . जिससको उपाध्यक्षमा मनमाया जिरेल, जिल्ला समन्वय समितिको सदस्यह?मा आईपि तामाङ, कमलक’मारी कार्की, गिता पोखरेल, बिद’र शर्मा, य’वराज घतानी, जितवहाद’र श्रेष्ठ र म’रारी शिवाकोटी निर्वाचित भएका छन् .
जिसस निर्वाचनमा काँग्रेस माओवादी तालमेल गरेर निर्वाचनमा भाग लिए तापनि एमालेको जित स’निश्चित जस्तै छ . दोलखाको ( स्थानीय तह मध्ये ७ वटामा एमालेका प्रम’ख उपप्रम’खले जित हाँसिल गरेका छन् . त्यस्तै काँग्रेसले २ वटा प्रम’ख र माओवादी केन्द्रले २ उपप्रम’ख पद जित हाँसिल गरेको छ .

बैठकका निर्णय जस्ताको तस्तै

पहिलो बैठकको निर्णयहरुः
निर्णय नं. १ःस्थानीय तहको निर्वाचन २०७४ सम्पन्न गर्न सहयोग गर्ने आम मतदाता, निर्वाचन कार्यमा सम्लग्न
कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायत सम्पूर्ण महानुभावहरुलई जिल्ला समन्वय समिति, दोलखाको तफर्ब ाट
हार्दिक धन्यवाद प्रदान गर्ने निर्णय गरियो ।
निर्णय नं. २ःसमृद्ध दोलखा निर्माण गर्नको लागि दोलखा जिल्लाका नगरपालिका, गाउँपालिका, जिल्लामा रहने
संघीय र प्रादेशिक सरकारी कार्यालय वीच समन्वय एवम् विकास निर्माण कार्यको अनुगमन गरी सुन्तुलित र
दिगो विकासको पहल गर्ने निर्णय गरियो ।
निर्णय नं. ३ः समृद्ध दोलखा निर्माणका लागि योजनावद्ध विकास गर्न जिल्लाको नौ वटै स्थानीय तह (२
नगरपालिका र ७ गाउँपालिका) सँग समन्वय गरी जिल्ला पाश्र्वचित्र  तयार गर्ने निर्णय गरियो

निर्णय नं. ४ः तामाकोशी तेस्रो जलविद्यतु आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सम्बन्धित निकायहरुसँग
समन्वयात्मक पहल गर्ने निर्णय गरियो ।
निर्णय नं. ५ःछोटो दुरीबाटउत्तर – दक्षिण जोड्ने लामावगर – फलाक सडकको निर्माण कार्य अगाडि बढाउन
सम्बन्धित निकायहरुसँग समन्वयात्मक पहल गर्ने निर्णय गरियो ।
निर्णय नं. ६ः दोलखा जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरुले आ. व. २०७३÷७४ मा दोलखा
जिल्लामा सञ्चालन गरेका विकास निर्माण कार्यहरुको वार्षिक प्रगति समिक्षा २०७४ भदौ ५ र ६ गते सञ्चालन
गर्ने निर्णय गरियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF