दोलखाको मेलुङमा करेन्ट लागेर एकको मृत्यु

 आवाज संवाददाता     २७ श्रावण २०७४, शुक्रबार

दोलखा, साउन २७
दोलखाको मेलुङ गाउँपालिका ६ मा करेन्ट लागेर का ३० वर्षीय बबिन खड्काको मृत्यु भएको छ ।
हिजो दिउँसो साँढे ३ बजेतिर बत्ती बनाउन बिजुलीको पोलमा चढेका मेलुङ ६ डाँडाखर्कका खड्कालाई करेन्ट लागेपछि उनी घाइते भएका थिए । घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि चरिकोट तर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।