दोलखाका प्रजिअ बोहोरालाई विदाई

 आवाज संवाददाता     २७ श्रावण २०७४, शुक्रबार

दोलखा, २७ साउन
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा जिल्लाबाट विदाई भएका छन् । २०७३ पुस ५ गते दोलखामा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका बोहोरालाई जिल्लाका विभिन्न संघ संस्थाले विदाई गरेका हुन् ।
जिल्लामा रहँदा सबैसँग समन्वयात्मक रुपमा काम गरेका प्रजिअ बोहोराको विहीबार ३१ जना प्रमुख जिल्ला अधिकारीसँगै गृह मन्त्रालयले सरुवा गरेको थियो । बोहोरा गृह मन्त्रालय सरुवा भएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा कर्मचारी मिलन केन्द्र, तीनवटै कर्मचारी ट्रेड युनियन तथा आधिकारिक ट्रेड युनियन लगायतले विदाई कार्यक्रम आयोजना गरे । त्यसैगरी दोलखाबाट सञ्चालित आवाज अनलाइन डट कम र नवतरङ्ग साप्ताहिकले पनि शुक्रबार साँझ विदाई कार्यक्रम आयोजना ग¥यो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।