हत्या अभियोगमा ७ जना पक्राउ

 आवाज संवाददाता     २९ श्रावण २०७४, आईतवार

दोलखा, साउन २९
करिब ४ महिना अघि दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ७ मा मृत फेला परेका ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा ७ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक जंगलमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आशंकामा दोलखा प्रहरीले सातजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साविक सुनखानी गाविस ४का २४ वर्षीय रवीन्द्र शिवाकोटी, साविक जुँगु गाविस ४ का २० वर्षीय विक्रम कार्की, साविक लापिलाङ गाविस ९ का २२ वर्षीय राजन थापा, साविक सुनखानी गाविस ४ का २८ वर्षीय नकुल तामाङ, सुनखानी ४ कै २१ वर्षीय विष्णु तामाङ, २८ वर्षीय कुमार ढुङ्गेल र ३८ वर्षीय रामकाजी तामाङ छन् ।
पक्राउ परेका उनीहरुलाई म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF