तराईका बाढीपीडितलाई राहत हस्तान्तरण

 आवाज संवाददाता     ३२ श्रावण २०७४, बुधबार

दोलखा, ३२ साउन
तराई मधेशका बाढी पीडितका लागि दोलखामा संकलन भएको राहत प्रमुख जिल्ला अधिकारी मार्फत केन्द्रीय प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । नेपाल विद्यार्थी संघ, लालीगुँरास युवा क्लब लगायतका संघ संस्थाले अभियानकै रुपमा संकलन गरेको राहत बुधबार बुझाएका हुन् । दोलखाका सामाजिक संघ संस्थाले अभियानकै रुपमा चरिकोट बजारमा गत सोमबार राहत संकलन गरेका थिए ।
एक पटक बजार परिक्रमा गर्दा उठेकेको ८४ हजार ५३० रुपैंया संकलन भएको नेवि संघ दोलखाका अध्यक्ष भीम खड्काले बताए । संकलित रकम केन्द्रीय दैवी प्रकोप उद्धार कोषको नाममा बैंक मार्फत जम्मा गरेको रकम प्रमुख जिल्ला अधिकारी लक्ष्मणबिक्रम थापालाई हस्तान्तरण गरेको उनले बताए । पहाडमा भुकम्पले पीडित बनाउँदा मधेश र तराईबासीहरुले राहत संकलन गरी सहयोग गरेका थिए । अहिले मधेशमा संकट भएकाले हामीले मानवीयताको नाताले सहयोग गरेको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF