थर्ड मुभी अवार्ड कलाकार धनबहादुरलाई

 आवाज संवाददाता     २ भाद्र २०७४, शुक्रबार

दोलखा, भदौ २/फ्लोरिडा फ्रेण्ड्स प्रा. लि. ले आयोजना गरेको थर्ड मुभी अवार्डको उपाधि हास्य कलाकार धनबहादुर थापा (ज्याक) ले पाएका छन् ।
सर्ट मुभीका हास्य कलाकार दोलखावासी धनबहादुर थापाले सर्ट मुभीतर्फको ‘थर्ड मुभी अवार्ड’ पाएका हुन् ।
म्युजिक भिडियो तर्फ ६ जना र निर्देशक तर्फ २ जनाले कार्यक्रममा अवार्ड पाएका थिए । कलाकार लय संग्रौलाको प्रमुख आतिथ्यमा काठमाडौँमा आज अवार्ड वितरण कार्य सम्पन्न भएको हो । अवार्ड वितरण कार्यक्रम फ्लोरिडा फ्रेण्ड्स प्रा.लि.का अध्यक्ष संगीता थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकारहरुको प्रस्तुतिका बारेमा कलाकार लय संगौंला र उत्तम केसीले मूल्याङ्कन गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।