थाङ्ने खोलाले बगाउँदा बृद्धाको ज्यान गयो

 आवाज संवाददाता     २ भाद्र २०७४, शुक्रबार

दोलखा २ भदौ ,

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पास्थित थाङ्ने खोलाले बगाउँदा एक बृद्धाको मृत्यु भएको छ ।     भीमेश्वर नगरपालिका वडा नं. १, बोसिम्पा निवासी बिच्छीकुमार थामीकी करिब ८० बर्षिया आमा पञ्चमाया थामीलाई थाङ्ने खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चरिकोट दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जनाएका छन् ।
खोलाले बगाएर करिब २०० मिटर तल पु¥याएको अवस्थामा थामीको शव बरामद गरिएको प्रहरीले जनाएको छ । थामीको शवलाई पोष्टमार्टमको लागि चरिकोट ल्याईएको डिएसपी कार्कीले जानकारी दिए । दुर्घटनास्थल दोलखा सिंगटी सडक मार्गमा पर्छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।