नाम्सालिङले कालिञ्चोकको आवधिक योजना बनाउने

 आवाज संवाददाता     ८ भाद्र २०७४, बिहीबार

दोलखा, ८ भदौ
कालिञ्चोक गाउँपालिकाको पञ्च वर्षे आवधिक योजना बन्ने भएको छ । गाउँपालिकाको योजनावद्ध विकासका लागि गाउँपालिकाले पञ्च वर्षे रणनैतिक योजना बनाउने प्रक्रिया अघि बढाएको हो ।
गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पञ्च वर्षे योजना बनाउने कार्यक्रम अनुसार प्रक्रिया अघि बढाएको हो । गाउँपालिकाको आफ्नो योजनालाई इलाम लगायतका जिल्लामा सफल आवधिक योजना तयार पारेको नाम्सालिङ सामुदायिक विकास केन्द्रले सहयोग गर्ने भएको छ ।
‘कालिञ्चोक गाउँपालिका अन्र्तगत पर्ने साविकको कालिञ्चाक, बाबरे र लापिलाङ गाविसको अघिल्लो वर्ष नै प्रोफाइल र आवधिक योजना अघिल्लो वर्ष नै तयार पारेका छौं’ नाम्सालिङका कार्यक्रम संयोजक राजन केसीले भने ‘नयाँ संरचना अन्र्तगत यो वर्ष गाउँपालिकाकै आवधिक योजना तयार पार्न लागेका हौं ।’ नाम्सालिङले पूर्वका इलाम, झापा सहितका २२ जिल्लाका विभिन्न गाविसहरुको आवधिक योजना तयार पारिसकेको उनले बताए ।
विगतमा पनि नाम्सालिङले साविकको खोपाचागू गाविसको ५ वर्षे आवधिक योजना तयार पारेको थियो । दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपालले आवधिक योजनाले स्थानीय तहको योजनाबद्ध विकासका लागि सघाऊ पु¥याउने बताए । भुकम्पपछि नाम्सालिङले साविकको कालिञ्चोक गाविसमा २ वर्षदेखि पुर्ननिर्माण र योजनाबद्ध विकासमा काम गर्दै आएको छ ।
राज्य पुर्नसंरचनापछि स्थानीय तहको निर्वाचन समेत सम्पन्न भएको छ । स्थानीय तह सरकार सञ्चालनका लागि जनप्रतिनिधिहरुलाई सघाऊ पु¥याउन विगू र कालिञ्चोक गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा स्थानीय सरकार संचालन र योजनाबद्ध विकासको बारेमा पूर्व सचिव तथा स्थानीय विकासका विज्ञ खेमराज नेपालले प्रशिक्षण पनि दिए ।
जनप्रनिनिधिहरुले स्थानीय सरकार सञ्चालनका क्रममा आइपरेको व्यवहारिक तथा कानुनी झन्झटका बारेमा प्रत्यक्ष रुपमा प्रश्नोत्तर समेत गरेका छन् । कर्मचारी अभाव र नीतिगत अस्पष्टताका कारण स्थानीय सरकारलाई काम गर्न केही असहज भएको विगू गाउँपालिकाका अध्यक्ष युधिष्टिर खड्काले बताए ।
कालिञ्चोक गाउँपालिकाका कार्यकारी अधिकृत नवराज ओलीले योजनाबद्ध विकासका लागि आवधिक रणनैतिक योजनाले ठूलो सघाऊ पु¥याउने बताए । गाउँपालिकाको आफ्नो कार्यक्रम अनुसार नाम्सालिङले आर्थिक तथा प्राविधिक सहयोगले कालिञ्चोकको समृद्ध विकासमा सहयोग पुग्ने उनले विश्वास लिए ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF