राहत वितरण गर्न दोलखाली व्यवसायीहरु मधेशतिर

 आवाज संवाददाता     ११ भाद्र २०७४, आईतवार

 

दोलखा, ११ भदौ

दोलखाका उद्यमी व्यवसायीहरु बाढी पीडितलाई राहत बोकेर मधेश झरेका छन् । दोलखा उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरुबाट संकलित राहत सामाग्री बोकर व्यवसायीहरु आफैं मधेश झरेका हुन् ।
२ हप्ता अघिको बाढी र डुबानले तराई मधेशका अधिकाँश ठाउँमा ठूलो धनजनको क्षति भएको थियो । बाढी र डुबानले मधेशीहरु घरबार विहीन भएको अवस्थामा सानो सहयोग पनि मलम सरह हुने भन्दै उनीहरु मधेश झरेका हुन् ।
‘पहाडी र मधेशीहरु हाम्रो भावानात्मक सम्बन्ध छ’ दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले भने ‘२ वर्ष अघि भुकम्पले हामी पीडित हुँदा ठूलो राहत सामाग्री बोकेर धेरै मधेशीहरु आएका थिए, अहिले उनीहरु बाढीले पिडित छन् हामीले सहयोग गर्नुपर्छ ।’ अहिले हाम्रो सहयोग बारा जिल्ला उद्योग वाणिज्य संघमार्फत वितरण हुने बताए ।
राहत वितरण व्यवस्थित गर्न नेपाल उद्योग वाणिज्य महासंघले समन्वय गरेकाले अन्य संघहरुले तराईका अन्य जिल्लामा राहत पु¥याएकाले दोलखाको सहयोग बारामा वितरण गरिने उनले बताए । दोलखा उद्योग वाणिज्य संघको आव्हानमा व्यवसायहरुले दाल, चामल, साबुन, टेण्ट, चाउचाउ, विस्कुट पानी लगायतका राहत सामाग्री संकलन गरिएको उनले बताए । २ लाख बराबरको सामान बारामा वितरण गरिने उनले जानकारी दिए ।
मधेशका बाढी पीडितकै सायोगका लागि एक हप्ता अघि उज्यालो भविष्य अभियान सञ्चालन गरिरहेका दोखाली युवाहरुले समेत राहत संकलन गरी वितरण गरे । उनीहरुले सप्तीका कोसीको बाढी पीडितहरुका लागि राहत वितरण गरेका थिए । नेपाल विद्यार्थी संघ, महिला संघ, लालि गुँरास युवा क्लब लगायतका संघ संस्थाले पनि चरिकोटमा ८४ हजार नगद संकलन गरी प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा गरेका थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF