अखिल क्रान्तिकारीमा दोलखावाट सचिव सहित आठ जनाको उम्मेदवारी

 आवाज संवाददाता     १३ भाद्र २०७४, मंगलवार

दोलखा, १२ भदौ ।

नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका दोलखाका सचिव सहित ८ जनाले उम्मेद्वारी दिएका छन् । संगठनको इतिहाँसमै पहिलो पटक निर्वाचन हुने लागेपछि धेरै आकाँक्षीहरुले विभिन्न पदमा उम्मेद्वारी दिएका हुन् । अखिल क्रान्तिकारीको नेतृत्वका लागि दोलखाका ३ बिद्यार्थी नेताहरुले केन्द्रीय सचिव तथा ५ जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हन् ।

काठमाण्डौंमा जारी एकताको २१ औं सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने निश्चित भएपछि आज मनोनय दर्ता भएको हो । यसअघि अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा रहेका बिश्वास कार्कीले खुल्ला सचिव, अर्का सचिवालय सदस्य सुव्वा श्रेष्ठले समावेशी सचिव र सचिवालय सदस्यकै जिम्मेवारीमा रहेका मिनकुमार शिवाकोटीले प्रदेश सचिवमा उम्मेद्वारी दर्ता गराएका हुन् । यसैगरी बिद्यार्थी नेताहरु रमेश श्रेष्ठ र रोशन खड्काले ३ नम्बर प्रदेश अन्तर्गत दोलखाबाट निर्वाचित हुने केन्द्रीय सदस्य पदमा, शुष्मा रेग्मिले छात्रातर्फ केन्द्रीय सदस्य, मिङ्गुर शेर्पाले जनजाति तर्फ केन्द्रिय सदस्य र नवराज श्रेष्ठले सहिद परिवार कोटावाट केन्द्रिय सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

खुल्ला सचिवमा उम्मेदवारी दिएका कार्की र समावेशी सचिवका उम्मेदवार श्रेष्ठ अखिल क्रान्तिकारीको दोलखा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी वहन गरिसकेका बिद्यार्थी नेता हुन् भने प्रदेश सचिवमा उम्मेदवार बनेका शिवाकोटी नेकपा मालेको बिद्यार्थी सँगठन केन्द्रीय उपाध्यक्षबाट आएका बिद्यार्थी नेता हुन् ।
३ नम्बर प्रदेश अन्तर्गत दोलखा जिल्लावाट निर्वाचित हुने एक जना केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका रमेश श्रेष्ठ राजधानीमा क्याम्पस ईकाईको राजनीतिमा सक्रिय हुँदै क्रान्तिकारीको दोलखा जिल्ला अध्यक्ष बनेका थिए भने रोशन खड्का जिल्ला सँयोजकको जिम्मेवारीमा छन् । यसअघि उनीहरु दुवै अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । जनजाति तर्फ केन्द्रिय सदस्यमा उम्मेदवार बनेका मिङगुर शेर्पा पनि राजधानीको क्याम्पसको राजनीतिमा सक्रिय बिद्यार्थी नेता हुन् । छात्रा कोटामा उम्मेदवारी दिएकी रेग्मि बिद्यार्थी महिलामा सक्रिय राजनीति गरिरहेकी पात्र हुन् भने सहिद कोटावाट केन्द्रिय सदस्यको उम्मेदवार बनेका नवराज श्रेष्ठ अखिल क्रान्तिकारी दोलखाका उपाध्यक्ष हुन् ।

राजधानीमा भदौ ७ गतेदेखि जारी अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सहमति जुट्न नसके पछि निर्वाचनको प्रक्रिया अघि बढेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सहमतिका लागि अधिकतम प्रयत्न गरेपनि सहमति जुट्न नसके पछि निर्वाचन प्रक्रिया अघि बढेको छ । माओवादीका भातृ सँस्थाहरु मध्ये अखिल क्रान्तिकारीमा पहिलो पटक निर्वाचनको अभ्यास हुँदैछ । नयाँ नेतृत्वका लागि अनिल शर्मा र रञ्जित तामाङको प्यानल चुनावी मैदानमा छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।