ग्लोबल कन्सल्टको सहयोग धुर्मुस सुन्तलीलाई

 आवाज संवाददाता     १५ भाद्र २०७४, बिहीबार

काठमाडौं,१४ भदौ । अष्ट्रेलियाका लागि एजुकेशन तथा माइग्रेसन भिसामा ख्याती कमाएको ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपले नेपालको बाढीग्रस्त क्षेत्रमा राहत प्रदान गरेको छ ।

ग्लोबल कन्सल्ट र रेष्ट ग्रुपको आयोजनामा केही अघि सिड्नीमा सम्पन्न तीज रमझम साँझबाट प्राप्त एक हजार अष्ट्रेलियन डलर बराबरको ८२ हजार रुपयाँ  धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई ग्लोबल काठमाडौं कन्सल्टका सिइओ भोजराज न्यौपानेले  बुधबार हस्तान्तरण गरे।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।