शिक्षक संघको नगर अधिवेशन सम्पन्न

 आवाज संवाददाता     २४ भाद्र २०७४, शनिबार

दोलखा २४ भदौ
नेपाल शिक्षक संघ भीमेश्वर नगरपालिकाको प्रथम अधिवेशनले रुद्र प्रसाद चौलागाईको अध्यक्षताका २७ सदस्यीय कार्यसमिति चयन सर्वसम्मत चयन गरेको छ ।
समितिको महिला उपाध्यक्षमा रुकमणी दुलाल, खुल्ला उपाध्यक्षमा जय श्रेष्ठ, सचिवमा बलराम शिवाकोटी, अर्थ सचिवमा रविचन्द्र घिमिरे, सहसचिवमा प्रज्जव कार्की, समावेशी सहसचिवमा हेमन श्रेष्ठ, महिला सहसचिवमा जुनु कार्की, जनजाती सहसचिवमा मदन जोशी, अर्थ सहसचिवमा गोमा शिवाकोटी र उप सचिवमा मेनुका खत्री सर्वसम्वतरुपमा चयन भएको छन् ।
समितिका सदस्यहरुमा विनिता घिमीरे, पार्वती श्रेष्ठ, किशोर श्रेष्ठ, राकेशजंग शाह, सुमन शिवाकोटी, भगवती दहाल, रामकाजी थापा, महेन्द्र जोशी, गिता रेग्मी, सखना थापा, जमुना कार्की, कृष्ण प्रसाद सुवेदी र उर्मीला चौलागाई सर्वसम्वत भएका छन् । चार जना सदस्य भने कार्यसमितीको बैठकले मनोनित गरिने बताइएको छ ।
नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य गीता शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनमा नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द मानन्धर, संघका जिल्ला अर्थ सचिव सन्तोष खड्का, नेपाल शिक्षक संघका नेता शम्भु गौतम, नेपाल टेड् युनियन कांगे्रसका कोषाध्याक्ष छविन्द्र चौलागाई, नेपाल शिक्षक महासंघ सहसचिव धु्रब सापकोटाको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF