मूर्ति चोरीको अभियोगमा एक पक्राउ

 आवाज संवाददाता     ३० भाद्र २०७४, शुक्रबार

दोलखा, भदौ ३०
मूर्ति चोरेको अभियोगमा प्रहरीले भीमेश्वर नगरपालिका वडा नं बस्ने इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।
गत २८ गते दोलखा प्रहरीले भीमेश्वर ३ को बसपार्क नजिकै रहेको होटल रोयल किङ्सबाट दुई थान मूर्तिसहित श्रेष्ठलाई पक्राउ गरेको हो । होटलको चौथो तलामा रहेको कोठा नं ४०४ बाट ५८ वर्षीय श्रेष्ठलाई दुई थान मूर्तिसहित पक्राउ गरेको हो ।
बरामद भएको मूर्ति कुन मन्दिरबाट चोरी गरी ल्याएको हो भन्ने थाहा नभएको तर पुरातात्विक महत्वको उक्त मूर्ति खरिदका लागि सो होटलमा ल्याएको प्रहरीको अनुमान छ । सो बारे अनुसन्धान भैरहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF