चरिकोटमै विप्लवको युवा र विद्यार्थी भेला

 आवाज संवाददाता     १ आश्विन २०७४, आईतवार

दोलखा, १ असोज
नेपाल कम्युनिस्ट पार्टीले चरिकोटमै पार्टीको सहायक संगठन राष्ट्रि युवा जनस्वयंसेवक र पार्टी निकट भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी( दोलखाको संयुक्त भेला गरेको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक उमाविमा शनिबार सम्पन्न उक्त भेलाले युवा संगठनमा सोमको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति र अनेरास्ववियु (क्रान्तिकारी) मा राजकुमारको अध्यक्षमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
भेलामा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज जगत, युवाका ब्युरो संयोजक प्रखर, विद्यार्थीका ब्युरो संयोजक टंक, जिल्ला पार्टी दोलखा इन्चार्ज यादवलगायत अथितिहरुको सहभागिता रहेको थियो ।
विप्लव नेतृत्वको नेपाल कम्पयुनिष्ट पार्टीले अर्धभूमिगत रुपमा आफ्नो अभियान सञ्चालन गर्दै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF