३० लाखमा ९ वटा खानेपानी योजना

 आवाज संवाददाता     ३ आश्विन २०७४, मंगलवार

दोलखा, ३ असोज

दोलखाका ९ वटा स्वास्थ्य चौकीमा खानेपानी आपूर्तीका लागि योजना सञ्चालनमा ल्याइएको छ । भुकम्पले भत्केका स्वास्थ्य चौकीमा शुद्ध खानेपानी आपूर्तीका लागि बनाइएको योजना पूरा भएको छ । ३० लाखको लागतमा ति स्वासथ्य चौकीमा खानेपानी योजना सञ्चालन गरिएको छ ।
युनिसेफको सहयोगमा निर्माण भएका ति आयोजनाबाट स्वास्थ्य चौकीका अस्थायी भवन (प्रिफा)मा प्रयोग गरिएको छ । प्रिफा भवनको भित्र धारो सहित सबै युनिसेफ आफैंले तयार गरेको छ । पानीको मुहानदेखि बाहिरसम्म सामुदायिक विकास मञ्चमार्फत योजना तयार पारेको हो ।
खानेपानी योजना सञ्चालन भएका दोलखा स्वास्थ्य चौकी, सुनखानी, लादुक, चंखू, सुरी, मागापौवा, शैलुङ, पवटी, मालू र खोपाचागू स्वास्थ्य चौकी रहेका छन् । खानेपानी योजनाका लागि मुहानदेखि खानेपानी योजना, स्वास्थ्य चौकीमा १ हजार लिटरको प्लाष्टिक ट्याङ्की र फलामे ट्याङ्की राख्ने ठाउँ तयार पारेको सामुदायिक विकास मञ्चका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । ९ वटा खानेपानी योजनाका लागि २९ लाख ८२ हजार खर्च भएको उनले बताए ।
खानेपानी योजनाबाट २६ जनालाई आधारभूत प्लम्बिङ तालिम समेत दिएको छ । कतिपय ठाउँमा प्रिफा भवन तयार हुन बाँकी भए तापनि खानेपानी योजना भने पूरा भएको छ । युनिसेफका दोलखा संयोजक सुरेश पण्डितले स्वास्थ्य चौकीहरुमा खानेपानीको अभाव देखिएकाले योजना सञ्चालन गरिएको बताए ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।