लागू औषध मुद्दाका फरार प्रतिवादी कारागार चलान

 आवाज संवाददाता     ४ आश्विन २०७४, बुधबार

दोलखा, असोज ४
लागू औषध मुद्दामा अदालतद्वारा सजाय तोकिए पनि फरार रहेका एक युवकलाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
दोलखा सदरमुकाम चरिकोटबाट पक्राउ परेका भीमेश्वर नगरपालिका ५ का कैलाश बस्नेतलाई दोलखा जिल्ला अदालतमा पेश भई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय दोखलाले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
उनलाई लागू औषध (खैरो हिरोइन) मुद्दामा २०६९ सालमा पक्राउ गरी मुद्दा चलाइएकोमा २०७१ असोज ३० गते काठमाडौँ जिल्ला अदालतबाट सफाइ दिएको थियो तर सो मुद्दामा पुनरावेदन परेपछि २०७४ साउन १७ गते उच्च अदालतले लागू औषध नियन्त्रण ऐन बमोजिम १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो ।
फरार रहेका उनलाई यही असोज ३ गते चरिकोटबाट पक्राउ गरी अदालत पेश गरेको र आजै अदालतले कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF