रामेछापमा बस दुर्घटना हुँदा ३ को ज्यान गयो

 आवाज संवाददाता     ६ आश्विन २०७४, शुक्रबार

दोलखा, ६ असाजे
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सानाबारी बिटारमा यात्रुबाहक बस दुघर्टना हुदाँ ३ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । रामेछाप नगरपालिका रामपुरबाट सदरमुकाम मन्थली आउँदै गरेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा रामेछाप नगरपालिका वडा नम्बर ६ की अन्दाजी २५ बर्षकी उमा खड्का , रामेछाप नगरपालिका वडा नम्बर ८ का अन्दाजी ४४ बर्षका दिपक श्रेष्ठ र रामेछाप नगरपालिका ७ की अन्दाजी ३५ बर्षकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाईतेहरुको सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
मोडमा एक्कासी ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको भनाई छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF