दोलखामा टोलटोलमा प्रहरी

 आवाज संवाददाता     ६ आश्विन २०७४, शुक्रबार

दोलखा, ६ असोज
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने उदेश्यले गृह मन्त्रालयले देशभर ‘प्रहरी हाम्रो टोलमा’ भन्ने अभियान दोलखामा पनि सुरु भएको छ । गृह मन्त्रालयले महेन्द्र पुलिस क्लबबाट शुक्रबार
विहान सुरु गरेको अभियान दोलखामा पनि प्रमुख जिल्ला अधिकारीले सुरु भएको घोषणा गरे ।
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउन गृह मन्त्रालयले देशभर उक्त अभियान एकैसाथ संचालन भएसँगै दोलखामा पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले सदरमुकाम चरीकोटमा उद्घाटन गरेका थिए । अभियान सुरुवातका क्रममा प्रजिअ थापाले प्रहरी वर्दीवाला भए पनि नागरिक वर्दीविनाका प्रहरी भएकाले शान्ति सुरक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
समाजलाई टोलका रूपमा विकास गरी टोल सुधार समिति निर्माण गर्ने र ग्रामीण भेगमा टोल सुधार समूह बनाएर स्थानीय प्रहरी, वडा प्रहरी, इलाका प्रहरी र प्रहरी पोष्ट र नागरिक मिलेर सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा तथा लागुऔषध लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्नका लागि कार्यक्रम संचालनमा ल्याएकोउनले बताए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्की, सहायक प्रजिअ बालकृष्ण कटवाल, महिला विकास अधिकृत मिना पौडेल, उपभोक्ता हित संरक्षण मञ्च दोलखाका संयोजक शम्भु गौतम, नेपल पत्रकार महासंंघ दोलखाका पूर्व अध्यक्ष उद्धव प्रसाद पोखरेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।