दोलखामा असोज २४ देखि अन्तर्राष्ट्रिय प्रतियोगिता

 आवाज संवाददाता     ७ आश्विन २०७४, शनिबार

दोलखा, ७ असोज

दोलखामा आउँदो असोज २४ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितालाई माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता नाम राखिएको छ । सो प्रतियोगिता दोलखामा हुन लागेको चौथो प्रतियोगिता हो ।
दोलखा बुद्धिचाल संघ र नेपाल चेस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा इटाली, भारत, अमेरिका, बंगलादेश लगायतका देशका १५० खेलाडी सहभागी हुने नेपाल चेस क्लबका उमेश केसीले जानकारी दिए ।
दोलखामा पर्यटन प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय खेल आयोजनाका गरेको दोलखा बुद्धिचाल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताए । खेल ५ दिनसम्म चल्ने छ । ४८ जना खेलाडीलाई पुरष्कृत गर्ने प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार नगद दिने उनले बताए । प्रतियोगितामा लागि २१ लाख खर्च हुने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।