४ सय ३७ विवाद स्थानीयस्तरमै समाधान

 आवाज संवाददाता     ७ आश्विन २०७४, शनिबार

दोलखा, ७ असोज
सामुदायिक मेलमिलाप केन्द्र मार्फत दोलखा जिल्लामा ४ सय ३७ वटा विवाद समाधान भएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र ९एनआरसिटीसी०, नेपाल दोलखाले जनाएको छ । चरिकोटमा आज आयोजित सामुदायिक मेलमिलापको बारेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम संयोजक ताराबहादुर महतले जिल्लाका विभिन्न मेलमिलाप केन्द्रमा गत भदौ महिनासम्म देवानी प्रकृतिका ५ सय १३ विवाद दर्ता भएको मा ४ सय ३७ वटा विवाद समाधान गरिएको जानकारी दिए ।
उनका अनुसार जिल्लाका २ नगरपालिका र साविकका ४६ गाविसमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
गत बर्ष सन् २०१५ को सेप्टेम्बरबाट एनआरसिटीसी नेपालद्वारा स्थानिय निकायको सहकार्यमा दोलखामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत विभिन्न गाविसमा स्थापना भएका मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले विवाद समाधान गर्ने गरेका छन । संस्थाले प्रत्येक गाविसको ६ जना र नगरपालिकाको १२ जनाका दरले हालसम्म ४७५ जनालाई मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम प्रदान गरेको जनाईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।