जन्म दिवसमा बालबालिकालाई सहयोग

 आवाज संवाददाता     ११ आश्विन २०७४, बुधबार

दाेलखा, असोज ११
नेपाल पत्रकार महासंघ दोलखा शाखाका सभासद, क्रियाशील पत्रकार महिला दोलखाका अध्यक्ष निता राउतले आफ्नो जन्मदिनको अवसरमा दोलखास्थित गौरिशंकर बालगृहमा फलफुल तथा स्टेशनरी सामाग्री वितरण गरेकी छन् ।
गौरीशंकर बालगृहमा बस्दै आएका १४ जना बालकलाई कापी कलम लगायतका स्टेशनरी सामाग्री र फलफ’ल वितरण गरिएको हो । आफ्नो जन्मदिनमा अरू खर्च गर्नूभन्दा सामाजिक काम गर्न पाउदा निकै ख’सी लागेको पत्रकार निताले बताइन् । यसअघि पनि उनले तराईमा आएको बाढी पिडिलाई फेसबुक मार्फत रकम संकलन गरि करिब ४१ हजार सहयोग गरेकि थिईन । त्यसैगरी अहिले उनले दुवै मृगौला फेल भएका दोलखा जिल्ला तामाकोशि गाउपालिका वडा नंं २ का ४४ वर्षीय केदार कार्कीको लागि फेसबुक मार्फत आर्थिक सहयोग ज’टाईराखेकी छन् ।
यसैगरी जन्मदिनको अवसर पारेर नेपाली कांग्रेसका जिल्ला कार्यसमिति दोलखाका सदस्य राकेश श्रेष्ठले पनि लता कपडा वितरण गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।