दोलखाको सिमीगाउँमा झाडापखालाबाट एकको मृत्यु, केही विरामी

 आवाज संवाददाता     १६ आश्विन २०७४, सोमबार

दोलखा, असोज १६
दोलखा जिल्लाको गौरीशंकर गाएपालिका ९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ ।
झाडापखालाबाट हिजो सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिए । उनका अनुसार गाउँमा अझै १०/१२ जना विरामी परेका छन् । विरामी परेका मध्ये ३ जना सिकिस्त छन् । उनीहरु झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् ।
गौरीशंकर गाउँपालिका ९ सिमीगाउँबाट मानिसहरु विरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए । उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र १५/२० जना विरामी भएको खबर आएपछि पुष्टि गर्दै स्वास्थ्यकर्मीको टोली पठाइएको जानकारी दिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF