सुरीमा पहिरोले २६ परिवार विस्थापित (नामावली सहित)

 आवाज संवाददाता     १७ असार २०७३, शुक्रबार

दोलखा, १७ सुरी
अविरल वर्षाका कारण दोलखाको उत्तरी गाविस सुरी पहिरोको उच्च जोखिममा परेको छ । एक हप्तादेखि परेको अविरल बर्षाले ३ दिनअघि गएको पहिरोले सुरी ३ र ५ का २६ घर विस्थापित भएका छन् ।
पहिरोले सुरी ३ का दिनेश खड्का, चरित्र खड्का र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिएका छन् । पहिरोमा आफ्नो अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपाया समेत पुरिएपछि उनीहरुको विचल्लीमा परेका छन् ।
विस्थापितहरु सुरी ४ को इविथान स्वास्थ्य चौकी र हलेश्वर प्राविको भवन आसपासमा अस्थायी रुपमा बसेको पीडित सुरी ३ का सुमन खड्काले जानकारी दिए । अधिकाँश पीडितहरु इविथानमा बसे तापनि केही परिवार सुरी ५ को चेसी भन्ने ठाउँमा बसेको उनले बताए । सुरी ३ को माथिबाट पनि पहिरो आएको र तलबाट पनि पहिरो जानसक्ने अवस्था भएकोले झन जोखिम भएको बताए ।
घर जग्गा समेत एउटै पहिरोमा परेकाले धेरै जसोको अस्थायी बासको ठाउँ समेत नभएको उनले बताए । एक वर्ष अघिको भुकम्पले घरबास क्षति भएका भुकम्प पीडित सुरीबासीहरु पहिरोले झन पीडित भएका छन् ।
सुरीका पहिरो पीडितहरुको नामावली
सुरी ३का
चरित्रबहादुर खड्का, लालकुमार खड्का, खगेन्द्र खड्का, भक्तबहादुर खड्का, दिनेश खड्का, कामी शेर्पा, नन्दकुमार खड्का, शिवबहादुर खड्का, लालबहादुर खड्का, सोयम खड्का, इश्वरी खड्का, जश्वा खड्का, खड्गबहादुर खड्का, चक्रबहादुर खड्का
सुरी ५ का
मेतर भुजेल, टीका भुजेल, लीला भुजेल, यज्ञ भुजेल, बलाराम श्रेष्ठ, गोरख भुजेल, बसन्त भुजेल, पुष्कर भुजेल, ढलक भुजेल, कैलाश भुजेल, कमल भुजेल, रतिराम भुजेल रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।