अन्तर्राष्ट्रिय चेस प्रतियोगिता १०७ प्रतिस्पर्धी

 आवाज संवाददाता     २५ आश्विन २०७४, बुधबार

दोलखा, २५ असोज
दोलखामा आजेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितालाई माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता नाम राखिएको छ । सो प्रतियोगिता दोलखामा भएको चौथो प्रतियोगिता हो ।
दोलखा बुद्धिचाल संघ र नेपाल चेस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा इटाली, भारत, अमेरिका, बंगलादेश लगायतका देशका १०७ खेलाडी सहभागी भएको नेपाल चेस क्लबका उमेश केसीले जानकारी दिए ।

दोलखामा पर्यटन प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय खेल आयोजनाका गरेको दोलखा बुद्धिचाल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताए । खेल ५ दिनसम्म चल्ने छ । प्रतियोगितामा ७ बर्षे बालकदेखि नेत्रहिन खेलाडी समेत सहभागी छन् । ४८ जना खेलाडीलाई पुरष्कृत गर्ने प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार नगद दिने उनले बताए । प्रतियोगितामा लागि २१ लाख खर्च हुने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।