राती १० बजे पछि देउसीभैलो खेल्न नपाइने, पटाका पड्काउन प्रतिबन्ध

 आवाज संवाददाता     ३१ आश्विन २०७४, मंगलवार

दोलखा, असोज ३१
जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरी देउसीभैलो नाचगान जस्ता मनोरञ्जनात्मक कार्य राती १० बजेपछि नगर्न निर्देश गरेको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले देउसीभैलो तथा नाचगान कार्यक्रम राती १० बजेसम्म मात्रै गर्न निर्देश गरेको हो ।
सूचनामा पटाका तथा आतिसबाजी लगायतका प्रज्ज्वलनशील पदार्थ नपड्काउन तथा नल्याउन समेत निर्देश गरिएको छ । सूचनामा भनिएको छ, ‘पटाका आतिबाजी जस्ता प्रज्ज्वलनशी पदार्थ नपड्काउन, नल्याउन सम्पूर्ण जिल्लाबासी, नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैमा जानकारी गराइन्छ ।’
कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीत कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने कुरा समेत सो सूचनामा उल्लेख गरिएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।