रामेछापको बागीले उम्मेद्वारी फिर्ता
आवाज संवाददाता ८ कार्तिक २०७४, बुधबार
कार्तिक ८, २०७४-बाम गठवन्धनविरुद्ध प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि बागी उम्मेदवारी लिएका माओवादी नेताहरु उम्मेदवारी फिर्ता लिन काठमाडौंबाट हेलिकप्टर चार्टर गरी मन्थली आइपुगेका छन् ।
उम्मेदवारी फिर्ताका लागि झण्डै साढे १२ बजे नेपाली सेनाको हेलिकप्टरमा रामेछाप विमानस्थलमा झरेका बागी उम्मेदवारहरु र राज्यमन्त्री श्रेष्ठ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिइ १ बजे सोही हेलिकप्टरबाट काठमाडौं फर्किएका छन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गुरुङ र राप्रपा (प्रजातान्त्रिक)बाट उम्मेदवारी दर्ता गराएका लालबहादुर घिसिङले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका पौडेल र राप्रपा (प्रजातान्त्रिक)का दिपबहादुर प्रदेशसभा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेका मोक्तान, पेम्बादोर्जे तामाङ र रामकुमार लामाले मनोनयन फिर्ता लिएका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।