दोलखाबाट मालेका उम्मेद्वारी फिर्ता

 आवाज संवाददाता     ८ कार्तिक २०७४, बुधबार

कार्तिक ८ दोलखाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेद्वारी दिएका नेकपा मालेका २ जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन् । नेकपा मालेको जिल्ला सचिव बद्रीकुमार चौलागाईको उपस्थितिमा प्रतिनिधि सभाका उम्मृेद्वार गोविन्द विकले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
त्यसैगरी दोलखा प्रदेश नं. ख बाट उम्मेद्वारी दिएका लक्ष्मण विकको उम्मेद्वारी खारेज भएको छ । उएटै पार्टीका २ जनाको उम्मेद्वारी परेकाले पछिल्लो उम्मेद्वारी दिएकाको उम्मेद्वारी रद्द गरिएको सहायक निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । सोही क्षेत्रमा मालेबाटै दोलखाका संस्थापक कम्युनिष्ट नेता लालकुमार केसीले उम्मेद्वारी दिएका थिए । अब दोलखामा दलीय र स्वतन्त्र गरी ३८ जनाको उम्मेद्वारी कायम रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF