यस्तो छ दोलखामा एमाले र माओवादीको चुनावी रणनीति

 आवाज संवाददाता     १२ कार्तिक २०७४, आईतवार

दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चुनावी रणनीति र कार्य योजना बनाउनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र जिल्ला कमिटि दोलखाको छुट्टाछुट्टै बैठक बसेको छ ।

बाम चुनावी तालमेल गरेर उम्मेदवार खडा गरेको एमाले र माओवादी केन्द्र दोलखाको जिल्ला कमिटीको छुट्टाछुट्टै बैठक बसेको हो । एमाले जिल्ला कमिटीको बैठक एमाले जिल्ला पार्टी कार्यालय र माओवादी केन्द्रको बैठक चरिकोट, चरिघ्याङमा बसेको थियो । बैठकमा दुवै दलका दोलखावाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेता, जिल्ला स्तरीय नेता, उम्मेदवारहरु तथा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु सहभागि थिए ।

एमाले दोलखाले जिल्ला कमिटीको बैठक बस्नु पूर्व बिद्यार्थी, युवा लगायत जनवर्गीय संगठन, भुगोल, सम्पर्क मञ्च आदीलाई समेट्ने गरी केही युवा नेताहरुलाई जिल्ला कमिटिमा मनोनयन गरेको छ । एमाले र माओवादीको जिल्ला कमिटिको बैठकमा गाउँपालिका तथा नगरपालिकाका ईन्चार्जहरुले बाम तालमेल र ध्रुविकरण पछिको अवस्था र चुनावमा अपनाउनु पर्ने रणनीतिका बारेमा रिर्पो्टिङ गरेका छन् । आज दुई दलको बैठक सकिए पछि भोली जिल्ला कमिटिको सँयुक्त बैठक बसेर चुनावी रणनीति र कार्य योजनालाई अन्तिम रुप दिईने सँयुक्त निर्वाचन परिचालन कमिटिका सँयोजक एवँ एमाले दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

यस्तो बन्यो निर्वाचन परिचालन कमिटी
एमाले र माओवादीको यहि साता बसेको बैठकले एमाले जिल्ला अध्यक्ष ईस्वरचन्द्र पोखरेल सँयोजक र माओवादी केन्द्रका जिल्ला सँयोजक गोपाल पाण्डे सह–सँयोजक रहने गरी ११ सदस्यीय सँयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । सो कमिटीमा दुवै दलका जिल्ला स्तरीय पदाधिकारीहरु सदस्य रहेका छन् । कमिटीको सदस्यमा नरवहादुर श्रेष्ठ, कुलवहादुर बुढाथोकी, भरत दुलाल, डबल पाण्डे, पर्शुराम रिमाल, रिता रिमा, भरतवहादुर केसी, गोपाल न्यौपाने र सन्तोष केसी छन् । बाम गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन एमाले र माओवादीको सँयुक्त बैठकले पशुपति चौंलागाई, गँगा कार्की, देवी खड्का, पार्वत गुरुङ, शिवप्रसाद भण्डारी, आनन्दप्रसाद पोखरेल, हेमवहादुर श्रेष्ठ, रचना खड्का, नरवहादुर पाख्रिन, ईस्वरचन्द् पोखरेल, विशाल खड्का र गोपाल पाण्डे सदस्य रहने गरी निर्वाचन परिचालन निर्देशक कमिटी पनि गठन गरिसकेको छ । दुई दलको निर्णय अनुसार नगरपालिका, गाउँपालिका र वडा तह सम्म दुवै दलका नेता तथा कार्यकर्ता सम्मिलित सँयुक्त निर्वाचन परिचालन कमिटी गठन हुनेछ । जस अनुसार नगरपालिका स्तरमा १३, गाउँपालिका स्तरमा ११ र वडा स्तरीय सँयुक्त निर्वाचन परिचालन समिति गठन हुनेछ ।

चुनावी प्रतिवद्धता पत्र बन्ने
प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाम गठबन्धनको तर्फवाट दोलखमा छुट्टै प्रतिवद्धता पत्र तयार गरिने भएको छ । प्रतिवद्धता पत्र तयारी समितिमा चोकवहादुर दाहाल, शँकरलाल श्रेष्ठ, रामकृष्ण केसी, लक्ष्मण खड्का, बिस्वमणि चौंलागाई र उपेन्द्र अधिकारी रहेका छन् । एमाले र माओवादीको सँयुक्त बाम गठबन्धनले यहि कार्तिक १४ गते प्रदेश ‘क’ को गौरीसँकर गाउँपालिका र प्रदेश ‘ख’ को शैलुङ्गेस्वरवाट चुनावी प्रचार अभियान सुरु गर्ने भएको छ । मँसिर १० गते हुने निर्वाचनमा बाम गठबन्धनको तर्फवाट प्रतिनिधि सभा सदस्यमा एमाले नेता पार्वत गुरुङ र प्रतिनिध सभातर्फ प्रदेश ‘क’ मा माओवादी केन्द्रका नेता विशाल खड्का र प्रदेश ‘ख’ मा एमाले नेता पशुपति चौंलागाई प्रतक्ष्यतर्फ उम्मेदवार बनेका छन् ।

यी हुन् एमालेवाट मनोनित जिल्ला सदस्य
यसैवीच एमाले जिल्ला कमिटी दोलखाको बैठकले २५ जनालाई जिल्ला कमिटीको सदस्य पदमा मनोनयन गरेको छ । बैठकले राजेन्द्र मानन्धर, चिरञ्जीवी मास्के, मुरारिराज शिवाकोटी, ज्ञानेन्द्र प्रधान, दानवहादुर तामाङ, छत्र उप्रेती, गणेश शिवाकोटी, ढालवहादुर तामाङ, देवकी थामी, लालमाया योञ्जन, जङ्ग गुरुङ महाराज गुरुङ, अमृत राउत र रशेम राजस्वराज रिमाललाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको हो । यस्तै, कमल दाहाल, डबल तामाङ, किरण बस्नेत, दुर्गाप्रसाद काफ्ले, प्रेम तामाङ, मनमाया जिरेल, लेखवहादुर सुनुवार, नविन नेपाली, रोजिना अधिकारी, शरदचन्द्र सापकोटा र धिरज सुवेदीलाई पनि जिल्ला कमिटीको सदस्य पदमा मनोनयन गरेको छ ।

एमाले जिल्ला कमिटी सदस्यमा मनोनयन हुनेहरुमा बिभिन्न जनवर्गिय सँगठन, भुगोलमा लामो समय देखि जिम्मेवारी निर्वाह गरेका तथा दोलखा–काठमाण्डौं सम्पर्क मञ्च र पत्रकारिता क्षेत्रमा रहि योगदान गरेकाहरु छन् । एमालेले बिप्लव माओवादी परित्याग गरी हिजो मात्रै पार्टी प्रवेश गरेका प्रेम तामाङलाई पनि जिल्ला कमिटीको सदस्य बनाएको छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशिल राजेन्द्र मान्धर, चिरञ्जीवी मास्के र शरद सापकोटा पनि जिल्ला कमिटी सदस्य भएका छन् । यस्तै, जिल्ला समन्वय समिटिका उप प्रमुख मनमाया जिरेल, सदस्य मुरारिराज शिवाकोटी पनि एमालेको जिल्ला सदस्य भएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF